नेपालगञ्ज–दिल्ली हवाई उडान हुने : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालगञ्ज–दिल्ली हवाई उडान हुने : मुख्यमन्त्री पोखरेल


२१ कार्तिक २०७५, बुधबार


नेपालगञ्ज । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्ज – दिल्ली हवाइ उडान हुने बताएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा व्यापारिक क्षेत्रको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

छलफमा उनले नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न विस्तार कार्य शुरु भइसकेको उल्लेख गरेका छन् । उनले ढिलो चाँडो गरेर भए पनि नेपालगञ्ज दिल्ली हवाई उडान हुने आश्वासन दिएका छन् ।

कार्यक्रममा उनले नेपालगञ्जको भविष्यबारे चिन्ता नगर्न समेत आग्रह गरेका छन् । उनले प्रदेश राजधानी नभए पनि नेपालगञ्जको भविष्य उज्वल भएको बताए । उनले भने, ‘नेपालगञ्जको भविष्यको चिन्ता नगर्नुस्, राजधानी नभए पनि यसको भविष्य उज्वल छ,नेपालगञ्जको उद्योगी व्यापारीको समस्या हल गर्न प्रदेश सरकार लागि परेको छ, नसके सङ्घीय सरकारले गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस