अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित


प्रशासन संवाददाता

२१ कार्तिक २०७५, बुधबार


सिकाको । अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित भएका छन् ।

निर्वाचित दुबै जना डेमोक्र्याट हुन् । निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हो भने । मिन्नेसोटा प्रदेशमा उनी विजयी भएकी छिन् ।

त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित भएकी छिन् । प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ । संसद्मा उनीहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित भएका छन्।

संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हो । उनी इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित भएको हो । उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गरेका छन् । अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनीहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस