सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छ : नेता नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छ : नेता नेपाल


२१ कार्तिक २०७५, बुधबार


भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सुखी नेपाली समृद्धि नेपालको अभियान सफल हुने बताएका छन् ।

नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता नेपालले समृद्ध नेपालको शुरुवात भइसकेको बताएका छन् ।

उनले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौं उपत्यकाका सबै सडक आगामी दुई वर्षभत्रमा कालोपत्र हुने र उकालोमा ढलान हुने बताए।

विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने उनको भनाइ थियो । देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने स्पष्ट पारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस