कांग्रेसले रचनात्मक कार्यक्रम गर्ने : बालकृष्ण खाँड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेसले रचनात्मक कार्यक्रम गर्ने : बालकृष्ण खाँड


२१ कार्तिक २०७५, बुधबार


जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतकसमेत रहेका खाँडले सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको भन्दै सोकोविरूद्धमा कांग्रेसले छठपर्वपछि रचनात्मक र सङ्घर्षशील कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

मुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको उनको भनाइ थियो ।

उनले भने, ‘हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको छ ।’

प्रतिक्रिया दिनुहोस