८१ हजार फेसबुक प्रयोगकर्ताका डाटा ह्याकरले बिक्रि गर्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

८१ हजार फेसबुक प्रयोगकर्ताका डाटा ह्याकरले बिक्रि गर्दै


२१ कार्तिक २०७५, बुधबार


काठमाडौं । ८१ हजार फेसबुक प्रयोग कर्ताका डाटाहरु ह्याकरले बिक्रिमा राखेको बीबीसी रिपोर्टले जनाएको छ । फेसबुक ह्याकरले १२ करोड फेसबुक एकाउन्टका डाटाहरु आफुसँग रहेको पनि दाबी गरेको  छ ।

अहिले ८१ हजार फेसबुक प्रयोगकर्ताका प्राइभेट म्यासेज ह्याकरको बिक्रिमा रहेको साइबर सेक्योरिटी कम्पनी डिजिटल स्याडोले जनाएको छ । बीबीसी रुसी सेवाका अनुसार ह्याकरहरुद्वारा बिक्रिमा राखिएका भनिएका प्राइभेट मेसेजवाला फेसबुक प्रयोगकर्तासँग सम्पर्क गर्दा प्रयोगकर्ताले प्राइभेट म्यासेजहरु विगतमा आफुले नै पठाएको पुष्टि गरेका छन् । ती मेसेजहरु केवल साधारण टेक्स्ट मात्र नभै तस्वीर तथा अन्य सामाग्रीहरु समेत रहेको बताइएको छ ।

विभिन्न खाले असुरक्षित ब्राउजर एक्सटेन्सनमार्फत ह्याकरहरुले फेसबुक प्रयोगकर्ताले ती मेसेजहरु प्राप्त गर्न सफल भएका बताइएको छ । डाटाहरु बिक्रिमा राखिएका प्रयोगकर्ताहरुमा युक्रेन, रुस, बेलायत, अमेरिका तथा ब्राजिलका प्रयोगकर्ता धेरै रहेको समाचारमा उल्लेख छ ।

ह्याकरहरुले हरेक फेसबुक अकाउन्टलाई १० सेन्टमा बिक्रि गर्ने प्रयास पनि गरेको बताइएको छ । तर त्यस्तो विज्ञापनमा भने तत्कालै प्रतिबन्ध लगाइएको छ । फेसबुक प्रयोगकर्ताका डाटा बिक्रिमा राख्ने वेबसाइट रुसको सेन्ट पिटर्सबर्गमा सेटअप गरिएको पाइएको छ । फेसबुकले भने आफ्नो प्लेटफर्मको सुरक्षामा कुनै ह्याकिङ नभएको र यस्तो डाटा लिक चाहीँ ब्राउजर एक्सटेन्सनको कमजोरीका कारण भएको दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस