पर्यटकीय गन्तव्यको सूचीमा नयाँ गन्तव्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटकीय गन्तव्यको सूचीमा नयाँ गन्तव्य


प्रशासन संवाददाता

२१ कार्तिक २०७५, बुधबार


बेझाड । पाल्पाको रामपुरमा रहेको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा परेको छ ।

सरकारले ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर परेका छन् । पाल्पाको पूर्वी भेगमा अवस्थित रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा सानो फेवातालका नामले समेत प्रख्यात बनेको छ ।

वर्षायामको पानी जम्मा हुने खाडललाई यहाँका स्थानीय युवाले तालको रुपमा परिणत गरेपछि अहिले सानो फेवाताल भनेर सबैले चिन्ने गर्छन् ।सरकारले हालैमात्र १०० पर्यटकीय क्षेत्रअन्तर्गत तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेपछि रामपुरवासीमा उत्साह बढेको छ ।

यस्तै रम्भा गाउँपालिकामा पर्ने रम्भादेवी मन्दिरलाई पनि सरकारले पर्यटकीय क्षेत्रको सूचीमा राखेसँगै रम्भा गाउँपालिकाका स्थानीयले गाउँपालिकामा विकासको गति लिने आशा गरेका छन् ।

सरकारले पाल्पाकै ऐतिहासिक, पर्यटकीय रानीमहल दरबार र श्रीनगर क्षेत्रला ई पर्यटकीय गन्तव्यका रुपमा राखेको छ । अहिले यी क्षेत्रलाई पनि सरकारले प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको सूचीमा राखेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस