कांग्रेस उपसभापतिमा गच्छदार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कांग्रेस उपसभापतिमा गच्छदार


प्रशासन विशेष ब्युरो

२० कार्तिक २०७५, मंगलबार


काठमाडौँ । नेपाली कांगेसको केन्द्रीय समितिको बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको छ।

तत्कालीन फोरम लोकतान्त्रिकसँगको एकताका बेला भएको सहमतिअनुरुप उनलाई मनोनित गर्ने निर्णय गरिएको काँग्रेसका एक नेताले बताएका छन् । यससँगै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

गच्छदारसँगै अन्य नेता तथा कार्यकर्ताको समायोजनको लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन समेत गरिएको छ ।

त्यसैगरी महासमिति बैठकले आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस