मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त


२० कार्तिक २०७५, मंगलबार


Karnali

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा भएको उक्त घटनाले आफूलाई निकै मर्माहत तुल्याएको बताए । उनले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले जीप दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस