आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढौँ : डा. कोइराला « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढौँ : डा. कोइराला


प्रशासन संवाददाता

२० कार्तिक २०७५, मंगलबार


पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुभकामना आदान प्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

उनले अहिले सरकार स्थिर छ तर, राजनीतिक अस्थिरता कायम रहेकाले यसलाई अन्त्य गरी सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भनी शुभकामना दिएका छन् । मुलुकमा सुशासन, पारदर्शिता, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्नुपर्ने उल्लेख गर्दै उनले यसका लागि सहमति, सहकार्य र एकता आवश्यक छ भने ।

सङ्घीयता अब हट्न नसक्ने र यसलाई सफल बनाउने जिम्मेवारी सबैको रहेको भन्दै डा. कोइरालाले सङ्घीय सरकारलाई छिटोभन्दा छिटो कानून बनाएर प्रहरी, प्रशासनको जिम्मेवारी प्रदेश सरकारलाई दिन आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस