निश्चल पिएसको ‘पद्मीनी’ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निश्चल पिएसको ‘पद्मीनी’ सार्वजनिक


२० कार्तिक २०७५, मंगलबार


काठमाडौं । गजलकार निश्चल पिएसको गजल एल्बम ‘पद्मीनी’ लोकार्पण भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच वरिष्ठ गजलकार डा.कृष्णहरि बराल, गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणी देवकोटा, सङ्गीतकार शक्ति बल्लभ, गीतकार रमेश पौडेललगायतले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

लोकार्पणपश्चात् बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले अहिलेको समयमा गीतसङ्गीत विधामा निकै परिवर्तन आएको उल्लेख गर्दै निश्चलले लेखेका गीतमा पृथक्ता पस्कने कोशिस गरेको बताए । अन्य अतिथिहरुले निश्चलका गजल सुन्दा आनन्द लाग्ने खालका रहेको भन्दै उनलाई बधाई तथा शुभकामना दिएका थिए ।

लामो समयदेखि दुबईमा बस्दै आएका निश्चलको ‘पद्मीनी’मा अञ्जु पन्तको स्वर र हरि लम्सालको सङ्गीतमा ‘कहाँ कहाँ खोजे तिमीलाई…’, स्वरुपराज आचार्यको स्वर र महेश खड्काको सङ्गीतमा ‘टुटनु नाता टुटेपछि…’, दीपक लिम्बुको स्वर र गैरे सुरेशको सङ्गीतमा ‘जब तिम्रो साथ हुन्छ…’, ताराप्रकाश लिम्बुको स्वर र सङ्गीतमा ‘तिम्रो मनको बगैंचामा…’, निरा रानाभाटको स्वर र गैरे शुरेसको सङ्गीतमा ‘म रुँदिन भन्छु…’, सुनिता थेगेमको स्वर र ताराप्रकाशको सङ्गीतमा ‘हिजोआज किन…’ जस्ता ६ ओटा गजल सङ्ग्रहीत छन् । एल्बममा भएका गजलमा महराजा थापा, विष्णु अधिकारी, आमोश तामाङ, फणिन्द्र राई र शाहस शाक्यको एरेञ्ज रहेको छ ।

उक्त अवसरमा एल्बममा रहेको गीत ‘कहाँ कहाँ खोजे तिमीलाई नखोजेको शहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन’को भिडियो पनि देखाईको थियो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डन राजभण्डारीको अभिनय रहेको छ । उत्तम हुँमागाईंले छायाँकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।
गीत सङ्गीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन गायिका निरा रानाभाटले गरेकी थिइन ।

यस्तो छ गीतको भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस