क्यामरूनमा ७९ विद्यार्थी अपहरित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

क्यामरूनमा ७९ विद्यार्थी अपहरित


२० कार्तिक २०७५, मंगलबार


क्यामरून । क्यामरूनको अङ्ग्रेजी भाषी बसोबास गर्ने क्षेत्रबाट ७९ विद्यार्थी अपहरित भएका छन् ।

उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् । विद्रोहीले यसबारे अझै प्रतिक्रिया जनाइसकेको छैन ।

विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह प्रेस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रबेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाईसमेत विद्यार्थीसँगै लगेको विद्यालय स्रोतले पुष्टि गरेको छ । उक्त क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ । क्यामरूनमा हुँदै आएको १३ महिने अशान्तिका कारण भएको यो घटना सबैभन्दा ठूलो घटना हो । क्यामरूनमा अधिकांश फ्रेन्च भाषी रहेका भएपनि उक्त क्षेत्रमा अङ्ग्रेजी भाषालाई मातृभाषाका रूपमा मानिदै आएको छ ।

क्यामरूनमा विगत ३५ बर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ बर्षीय राष्ट्रपति पाउल बियाले गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो । यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टी जनाउँदै आएका छन् । निर्वाचनमा बियाले ७१.३ प्रतिशत मत प्राप्त गरी जितेको दावी गरिए पनि निर्वाचनमा सरकारी अधिकारीहरूले नै हुलदङ्गा मच्चाएर निम्न सङ्ख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ ।

क्यामरूनमा दुई करोड २० लाख अङ्ग्रेजी भाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भूभागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन् । विश्व युद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो ।

सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाएपनि अङ्ग्रेजी भाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए । सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन ।

क्यारूनमा भएका हिंसात्मक आन्दोलनमा परी ४०० नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस