संगठनको मर्यादामा आँच पुर्‍याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संगठनको मर्यादामा आँच पुर्‍याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल


प्रशासन संवाददाता

२० कार्तिक २०७५, मंगलबार


इन्टरपोल

मुस्ताङ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गतिविधि सह्य नहुने बताएका छन् ।

सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका थिए । “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उनले भने । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गरेका छन् । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार रु दुई करोड ५४ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस