सामसुङको दुईवटा डिस्प्ले भएको स्मार्टफोन आउँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सामसुङको दुईवटा डिस्प्ले भएको स्मार्टफोन आउँदै


१९ कार्तिक २०७५, सोमबार


काठमाडौं । सामसुङ कम्पनीले दुई ओटा डिस्प्ले भएको स्मार्टफोन ल्याउने तयारी गरेको छ । आगामी नोभेम्बर ९ देखि स्मार्टफोन ल्याउने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सामसुङले अर्को हप्ता सार्वजनिक गर्ने तयारी गरेको उक्त स्मार्टफोनका विशेषताबारे सञ्चार माध्यमहरुले विभिन्न खबर प्रकाशित गरिसकेका छन् । चीनको सर्टिफिकेशन वेबसाइट टिनाका अनुसार यस फोनमा क्वालकोम स्नापड्रागन ८४५ प्रोसेसरको प्रयोग गरिएको छ ।

फोनमा ४.२ इन्चका दुईवटा फूल एचडी डिस्प्ले हुनेछन् जसको रिजोलुसन १९२० गुणा १०८० पिक्सेल हुनेछ । ब्याट्री क्षमता ३००० एमएएच रहेको छ ।

यो फोनमा डुअल रियर क्यामरा सेटअप रहने बताइएको छ । जसमा १२ मेगापिक्सेल प्राइमरी सेन्सर तथा डुअल एपर्चर मोड हुनेछ ।

यसका साथै युएसबी टाइप सी पोर्ट पनि रहने बताइएको छ भने ३.५ एमएम को अडियो ज्याक हुने छैन । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस