अलैंचीमा रोग लागेपछि भोजपुरका किसान निराश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अलैंचीमा रोग लागेपछि भोजपुरका किसान निराश


प्रशासन संवाददाता

१९ कार्तिक २०७५, सोमबार


भोजपुर । आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय कृषकले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने कृषकको माग छ । कृषक चन्द्रबहादुर पाण्डे भन्छन्, “मुख्य बालीका रुपमा अलैँचीको खेती गर्दै आएका छौँ, विभिन्न रोगले खलैँची खेती सङ्कटमा पर्दै गएको छ ।”

उत्पादन भएको अलैँचीले उचित मूल्य नपाउँदा कृषक झन निराश बनेको भोजपुर नगरपालिका– ४ सिद्धेश्वरका महेन्द्रबहादुर राईले बताए । उनले आठ रोपनीमा अलैँची खेती गरेका छन् । “यस वर्ष अलैँचीमा फल नै लागेन । गाना कुहिएर सखाप भयो ।” उनले भने । अलैँची खेतीबाट अधिकांश कृषकले जीवनस्तर उकास्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस