वाम बुद्धिजीवी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वाम बुद्धिजीवी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि आज


१९ कार्तिक २०७५, सोमबार


काठमाडौं । वाम बुद्धिजीवी नेता पद्मरत्न तुलाधरको आज अन्त्येष्टि गरिँदै छ ।

लाजिम्पाटस्थित निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने छ । कमलाक्षी, असन, बांगेमुढा, क्षेत्रपाटी हुँदै शोभाभगवतीसम्म शवयात्रा गरिने र दिउँसो शोभाभगवतीको कर्णदीपमा अन्त्येष्टि गरिनेछ । शवयात्राअघि अन्तिम श्रद्धाञ्जलीका लागि शव निवासमै राखिएको पारिवारिक स्रोतले जनाए ।

मस्तिष्कघात र मृगौलाको समस्याबाट पीडित तुलाधरको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो। कात्तिक १३ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालको आइसीयूमा उपचाररत तुलाधरको आइतबार अपराह्न निधन भएको हो।

पञ्चायतकालदेखि वाम राजनीतिमा सक्रिय उनी पछिल्लो समय मानवअधिकारवादी अभियानमा पनि लागेका थिए।

उनको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस