कृषि उपज बजारको भवन शिलान्यास « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृषि उपज बजारको भवन शिलान्यास


१८ कार्तिक २०७५, आइतबार


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक फलफूल तथा तरकारी बजार भवनको निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहागनरपालिकाका प्रमुख घनश्याम पाण्डेले शनिबार भवनको शिलान्यास गर्दै भवन निर्माणसँगै अब सडकमा फलफूल तथा तरकारी बिक्री गर्ने कार्य अन्त्य हुने बताए।

रु दुई करोड ६९ लाख लागतमा आधुनिक कृषि उपज बजारको भवन निर्माण गरिने भएको हो ।

फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्न तुलसीपुर उपमहानगरपालिकाले उक्त भवनको निर्माण शुरु गरिएको हो । मावि सेन्टर स्कूलको १० कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर भवन निर्माण गरिन लागेको तुलसीपुर उपमहागनरपालिकाका सवइञ्जिनीयर खड्क विकले जानकारी दिए ।

उनका अनुसार व्यापारीका लागि ४० स्टल र किसानका लागि पनि स्टल निर्माण गरिने भएको छ । सो भवनको पहिलो चरणको निर्माणको काम सम्पन्न २०७५ चैत २५ गतेभित्र भइसक्ने छ । रासस

प्रतिक्रिया दिनुहोस