देउता कहाँ छ ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देउता कहाँ छ ?


प्रशासन विशेष ब्युरो

१७ कार्तिक २०७५, शनिबार


देउता कहाँ छ

मानिस कुटे मन्दिर अघि देउता बोलेन
पुकार्दै बिते युग कति देउता बोलेन
मूर्तीले पनि हिर्काइदिन्छन् ढुङ्गाझैँ पिर्दछ
मूर्तीमा देउता भेटिन मैले देउता कहाँ छ?

राम र कृष्ण देउता हुन् कि मर्त्यका मानिस
मानिस मार्ने मूर्ती मुसार्ने यो कस्तो बानी छ?
चोरिदा मूर्ती जान्छन् कि कतै देउता साथैमा
मन्दिरमा देउता बस्छन् कि कतै हृदयमाझैमा

लेख्दछु कहिले कविता लेख्दा ढुङ्गा भनेर
भेट्दछु जब भावले भरी ढोग्दछु गएर
मै पनि अब अन्योल परेँ के होला देवता
लाउन र खान पाखुरी चाहिन्छ के चाहियो देवता

तेरोलाई तेरै मेरोलाई मेरै भनेर झगडा
देउताका लागि लड्नेले भन कहाँ छ देवता?

सानो ठुलो निर्जीव सजीव प्रकृति सबैमा
दृश्य अदृश्य इलेक्ट्रोन प्रोटोन कणकणमा
ईश्वरले बास गर्नुहुन्छ देखेनौ लौ किन
आँखाको पर्दा नहटेसम्म केही पनि देखिन्न

त्यो पानी बग्छ, हावा बहन्छ, पृथ्वी घुम्दछ
भानु उदाउँछ, संसार बिउँझन्छ, जिन्दगी चल्दछ
फुलले फुल्छ, मनले डुल्छ, विश्वास अडिन्छ
त्यो भित्र पनि, यो भित्र पनि ज्युँदो ईश्वर छ

ईश्वरलाई बुझौँ, ईश्वरलाई चिनाैं, ईश्वर एक छ
पालन पोषण, सृष्टि-संहार, उसैले गर्दछ
सबैलाई कहाँ देखिन्छ तत्त्व खोज्नेलाई देखिन्छ
भेटेको माथि विश्वास गर्नु खोजे झन् भेटिन्छ।।।

प्रतिक्रिया दिनुहोस