‘फेस अफ मारवाडी किड्स २०१९’ प्रतियोगिता शनिबार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘फेस अफ मारवाडी किड्स २०१९’ प्रतियोगिता शनिबार


१६ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘फेस अफ मारवाडी किड्स २०१९’ हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन शनिबार कालिकास्थानमा हुन लागेको हो ।

फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिस्टर सफलतापूर्वक सम्पन्न गरेको पेजथ्री हट कल्चरले अब फेस अफ मारवाडी किड्स गर्न लागेको संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाले बताएकी छन् ।

मारवाडी समुदायका बालबालिकाको व्यक्तित्व विकाससँगै यस समुदायको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताइन् । प्रतियोगिता चार गु्रपमा गर्न लागिएको छ । जसमा नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत ६ वर्षसम्मका बालबालिकाको एक गु्रप रहनेछ । त्यस्तै, कक्षा १–३, ४–६ र ७–९ को गु्रप रहने मित्रुकाले जानकारी दिइन् । उनका अनुसार प्रत्येक ग्रुपमा २०–२० जना सहभागी हुने छन् ।

अडिसनबाट छानिएका प्रतियोगीको दोस्रो अडिसन कात्तिक २४ गते मर्दस प्राइड स्कुल मण्टेश्वरीमा हुनेछ । प्रतियोगितामा सोनिया केडिया काउन्सिलर, पुनम बर्मा कोरियोग्राफर, युबलुम टिमको व्यवस्थापन छ । प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा पुस २८ मा काठमाडौंमा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न आधा दर्जन विधाका विजेता छानिने छन् ।

प्रतिक्रिया दिनुहोस