अफगानिस्तानसँगको मैत्रीपूर्ण खेल रद्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अफगानिस्तानसँगको मैत्रीपूर्ण खेल रद्द


१४ कार्तिक २०७५, बुधबार


काठमाडौँ । अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

“प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन्, थप कुरा बुझ्ने काम भइरहेको छ”, उनले भने । एन्फाले राष्ट्रिय फुटबल टोलीलाई वर्षभरि व्यस्त राख्न भन्दै विभिन्न देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तालिका यसअघि सार्वजनिक गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस