आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


१४ कार्तिक २०७५, बुधबार


काठमाडौं । आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकाले भिटाभिन ए र जुकाको औषधि खानेछन्। यसका लागि ६० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस कार्यक्रमका लागि छ करोड खचृ हुने छ यो राष्ट्रिय कार्यक्रम हो । बालबालिकालाई सङ्क्रामक रोगबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधि क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धि रोगबाट बचाउन भिटामिन ‘ए’ खुवाउनु पर्ने छ ।

नेपालमा भिटामिन ‘ए’ तथा जुकाको औषधि हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ। तर यसपटक कात्तिक २ र ३ गते दशैँ पर्व परेकोले कात्तिक १४ र १५ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ। यसका साथै ५ वर्षमुनिकका बालबालिकाको पाखुराको नाप पनि लिइने छ । भने बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गर्ने जनाइएको छ ।

आफुलाई पायक पर्ने स्वास्थ्यसंस्था वा वितरण केन्द्रमा गइ बालबालिकालाई भिटाभिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई मन्त्रालयले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस