‘तिम्रो हातले दिए विषै पिउँछु’ गीतको म्युजिक भिडियो सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘तिम्रो हातले दिए विषै पिउँछु’ गीतको म्युजिक भिडियो सार्वजनिक


१२ कार्तिक २०७५, सोमबार


काठमाडौं। गीतकार मित्र जित राईको रचना रहेको ‘तिम्रो हातले दिए विषै पिउँछु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार मित्र जित राई पेसाले भने सिङ्गापुर पुलिस फोर्समा कार्यरत छन् । गीतकार राई प्रवासमा बसेर भए पनि नेपाली साहित्यमा कलम चलाउने अनुरागी हुन् । हालसम्म राईले लोक, आधुनिक गरी तीन दर्जन भन्दा बढी गीत लेखि सकेका छन् । राईको मित्र वाम्बुलराईको भावनाका छालहरू गीतिसंग्रह २०७२ मा प्रकाशन भइसकेको छ ।

उक्त गीतिसंग्रहमा चार दशर्न गीतहरू संग्रहित छन् । सार्वजनिक गरिएको गीतमा स्वर तथा सङ्गीत बुद्ध राईको रहेको छ भने भिडियोको निर्देशन किम सम राईको रहेको छ । सो म्युजिक भिडियोमा स्वयम् गीतकार राई र रेखा फागोको अभिनय देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस