एक महिनाभित्र कर्मचारी पठाउन संघीय सरकारलाई प्रदेश सरकारको अल्टिमेटम ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एक महिनाभित्र कर्मचारी पठाउन संघीय सरकारलाई प्रदेश सरकारको अल्टिमेटम !


प्रशासन विशेष ब्युरो

९ कार्तिक २०७५, शुक्रबार


लोक सेवा

जनकपुरधाम । प्रदेश २ ले एक महिनाभित्र आवश्यक कर्मचारीहरु पठाइसक्न संघीय सरकारलाई अल्टिमेटम दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एक महिना भित्र प्रदेश सरकारले तयार पारेको संगठनात्मक संरचना अनुसार कर्मचारी नपठाए आफै नियुक्त गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई पटक–पटक प्रदेशमा आवश्यक कर्मचारी पठाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै बैठकले एक महिनाको अल्टिमेटम दिएको हो।

प्रदेशमा पाँच हजार कर्मचारी आवश्यक रहेको भएपनि अढाई सय कर्मचारी उपलब्ध गराइएको मुख्यमन्त्री राउतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस