निर्मला हत्या प्रकरणः एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त (पत्रसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्मला हत्या प्रकरणः एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त (पत्रसहित)


प्रशासन विशेष ब्युरो

८ कार्तिक २०७५, बिहिबार


निर्मला

काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट बर्खास्त गरेको छ।

कञ्चनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा प्रहरीले लापारवाही गरेको जिम्मेवारी बोध नगरेका तथा प्रमाण नष्ट गरेको अभियोगमा उनीहरुलाई गृह मन्त्रालयले बिहीबार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।

‘सफाई गर्ने मौका दिईएकोमा निजहरुले पेश गरेको लिखित जवाफ चित्त बुझ्दो नभएको हुँदा निजहरुलाई प्रहरी नियमावली बमोजिम भविश्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको छ’ विज्ञप्तीमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार दिउँसो एसपी विष्ट र भट्टको दोस्रो स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको थियो। उनीहरुको स्पष्टीकरणमा मन्त्रालय असन्तुष्ट देखिएको थियो। बुधबार मात्र एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस