शंकास्पद दुई सचिवलाई प्रधानमन्त्री कार्यालयमा तानियो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

शंकास्पद दुई सचिवलाई प्रधानमन्त्री कार्यालयमा तानियो


प्रशासन विशेष ब्युरो

७ कार्तिक २०७५, बुधबार


सचिव

काठमाडौं । कार्यशैली सन्तोषजनक नभएको भन्दै सरकारले केही सचिवहरुलाई हेरफेर गरेको छ ।

केही दिन अघिको गोप्य निर्णयबाट स्वास्थ्य सचिव डा. पुष्पा चौधरी र शहरी विकास सचिव दिपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

दुबै सचिवलाई प्रधानमन्त्री कार्यालयमा तानिएपछि सहरीका सचिव शर्माको ठाउँमा नेपाल ट्रष्टका सचिव रमेश सिंहलाई ल्याइएको छ भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निमित्त सचिवको रुपमा १२ औं तहका सुशीलनाथ प्याकुरेललाई दिइएको छ ।

उच्च स्रोतका अनुशार मन्त्रालयका आन्तरिक कामहरुसमेत ब्यवस्थापन गर्न नसकेको भन्दै मन्त्रालयभित्रबाटै आलोचना खेप्दै आएकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीमाथि नेसनल मेडिकल कलेजको सम्बन्धन लगायत अन्य ठेक्कापट्ठा विवादमा समेत मुछिँदै आएकी थिइन् भने सहरी विकास मन्त्रालयका सचिव शर्मालाई पनि सन्तोषजनक ढंगले काम गर्न नसकेको भन्ने गुनासो मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस