यल कप ब्याडमिन्टन शनिबारदेखि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यल कप ब्याडमिन्टन शनिबारदेखि


६ कार्तिक २०७५, मंगलबार


काठमाडौं । ईलेभेन स्टार क्लबको आयोजनामा “१० औं यल कप ब्याडमिन्टन प्रतियोगिता –२०७५” शनिबार देखि शंखमुल प्लानिङ्गमा आयोजना हुने भएको छ ।

२०६५ साल देखि आयोजना गरिएको यल कप दशौं संस्करण सम्म आई पुगेको छ । यसले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरी सकेको छ ।

प्रतियोगित कार्तिक १० देखि १७ गते सम्म हुने छ । सञ्चालकको आफ्नै कार्टमा प्रतियोगिता हुने अध्यक्ष सानुकाजी महर्जनले जनाए । ब्याडमिन्टनको संस्थागत रुपमा संचालन भएको पहिलो यस प्रतियोगितालाई ललितपुरमा सम्मानित प्रतियोगिताको रुपमा हेरिने गरिएको अध्यक्ष महर्जनले बताए ।

रनिङ्ग शिल्डको रुपमा रहेको दशौं यल कपमा पुरुष युगल, भेट्रान्स (४५ बर्ष माथी), मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा गराईने छ । प्रतियोगितामा करिब २०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् । प्रतियोगिता बिश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने छ ।

करिव १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगल तर्फका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै भेट्रान्स तर्फ १५, १० र ५ तथा मिक्स युगल र यु – १५ तर्फ १०, ७ र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस