अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन रक्षामन्त्री पोखरेल चीनतर्फ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन रक्षामन्त्री पोखरेल चीनतर्फ


६ कार्तिक २०७५, मंगलबार


काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज चीन प्रस्थान गरेका छन् । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गर्ने छन् ।

भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियल चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।

विश्वका करीब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ । आगामी मङ्गलबार उपप्रधानमन्त्री पोखरेल स्वदेश फर्किने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस