सल्यान कपुरकोटस्थित वर्ल्ड लिंक टावरमा तोडफोड, इन्टरनेट सेवा प्रभावित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सल्यान कपुरकोटस्थित वर्ल्ड लिंक टावरमा तोडफोड, इन्टरनेट सेवा प्रभावित


६ कार्तिक २०७५, मंगलबार


सल्यान । सल्यान पुरकोटस्थित वल्र्ड लिंकको टावरमा अज्ञात समूहले तोडफोड गरेको छ ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा अज्ञात समुहले तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको जनाइएको छ ।

टावरको तोडफोड भए लगतैदेखि सल्यानलगायत आसपासका जिल्लाहरुमा समेत इन्टरनेट सेवा प्रभावित भएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस