नेपाली सेनाले रसुवागढीमा फहराइयो राष्ट्रिय झन्डा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाले रसुवागढीमा फहराइयो राष्ट्रिय झन्डा


प्रशासन विशेष ब्युरो

५ कार्तिक २०७५, सोमबार


नेपाली सेनाले रसुवागढीमा फहराइयो राष्ट्रिय झन्डा

रसुवा । रसुवागढी गढीको संक्षिप्त परिचयात्मक इतिहाससहित २८.५ फिट अग्लो राष्ट्रिय झन्डा राखिएको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नेपाली सेनाले गढीको संक्षिप्त परिचयात्मक इतिहास उल्लेखित स्तम्भ निर्माण गर्दै झण्डा राखेको हो ।

सेनाको कालीजंग गणले प्रतिस्थापन गरेको नेपालको राष्ट्रिय झन्डा र स्तम्भको सोमबार मध्यपृतना हेटौंडाका पृतनापति उपरथी सुर्वणबहादुर साहले उद्घाटन गरेका हुन् ।

गढीको परम्परागत शैलीलाई कायम राख्दै स्तम्भ निर्माण गरी राष्ट्रिय झन्डा प्रतिस्थापन गरेको सेनाले जनाएको छ ।

नेपाल तिब्बत युद्धका बेला १९१२ मा भएको ऐतिहासिक विषयवस्तुसमेत स्तम्भको शिलामा राखिएको छ । मल्लकालमै साधारण किल्लाको रुप दिइएको सो गढी बहादुर शाहका पालामा वि.सं. १८४५ र १८४९ भोट र चीनसँगको लडाइँमासमेत प्रयोग भएको थियो । वि.सं. १९१२ मा जङ्गबहादुर राणाका पालामा फर्म बेसका रुपमा दुई महीना १३ दिन लगाएर निर्माण गरिएको बताइएको छ ।

नेपालले १८४५ को नेपाल भोट युद्ध, १८४९ को भोट चीन युद्ध र विसं १९१२÷१३ को अन्तिम युद्ध हुँदा सो गढीबाट आक्रमण र सुरक्षा गरिएको व्यहोरा नवस्थापित शिलापत्रमा उल्लेख गरिएको छ ।

अब नेपाल र चीनको सीमा क्षेत्र रसुवागढी नाकामा चौबीसै घण्टा नेपालको राष्ट्रिय झन्डा फहराएको देख्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस