पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट


५ कार्तिक २०७५, सोमबार


कास्की । पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । राजमार्गको जिरोकिमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ हुने दुर्घटना न्यूनीकरण गर्न उक्त महानगरले राजमार्ग संगैको चिल्ड्रेन पार्कमा प्रहरी पोष्ट स्थापना गरेको हो ।

पोखराको अन्य क्षेत्रको तुलनामा सो सडक खण्डमा दुर्घटना बढेकाले त्यसलाई कम गर्न प्रहरी पोष्ट स्थापना गरिएको उक्त वडाका वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए। दुई वर्षअघि सो सडक फराकिलो बनाएर चार लेनको बनाएपछि दुर्घटना पनि बढ्दै आएकाले स्थानीयवासी सधैँ त्रासमा बस्नुपरेको सोही स्थान निवासी मीनबहादुर जिसीले बताए ।

१४ लाख २५ हजारको लागतमा निर्माण भएको तीन कोठाको उक्त पोष्टमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० ट्राफिक प्रहरीको दरबन्दी राखिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस