आज विजयादशमी, मान्यजनबाट टीका थापिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज विजयादशमी, मान्यजनबाट टीका थापिँदै


२ कार्तिक २०७५, शुक्रबार


विजयादशमी

काठमाडौं । हिन्दू धर्मावलम्बीले आज विजयादशमी धुमधामसँग मनाउँदैछन् । विजयादशमीका अवसरमा आज मान्यजनबाट टीका र जमरा थापी आशिर्वाद लिने परम्परा छ ।

नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार  बिहान ९ बजेर ५१ मिनेटको साइत टीका थाप्ने उत्तम समय छ । दसैंको टीका पूर्णिमासम्म थाप्ने प्रचलन छ ।

असत्यमाथि सत्यको जीतको खुसीयालीमा विजयादशमी मनाइन्छ । शास्त्रीय मान्यता अनुसार त्रेतायुगमा भगवान रामले रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा विजयादशमी मनाइन थालिएको हो ।

दसैंमा गाउँ–सहरमा उल्लास छाएको छ । काम तथा पढाइका लागि बाहिरिएकाहरू पनि दसैं मनाउन घर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस