स्थानीय तहमा कर्मचारी अभावका कारण काममा समस्या आएको छ : महेश बस्नेत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थानीय तहमा कर्मचारी अभावका कारण काममा समस्या आएको छ : महेश बस्नेत


१ कार्तिक २०७५, बिहिबार


काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले स्थानीय तहमा कर्मचारी अभावका कारण काममा समस्या आएको बताएका छन् । बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दे नेता बस्नेतले सो कुरा बताएका हुन् ।

उनले स्थानीय सरकारमा कुनै सत्तापक्ष र प्रतिपक्ष नहुने भन्दै स्थानीय तहका राम्रा र नराम्रा दुवै कार्यको जिम्मेवारी सबैको बराबर हुने समेत बताए । उनले भने, “कार्यका आधारमा ५५ प्रतिशत नगरपालिका वा गाउँपालिकाको प्रमुखले जिम्मा लिनुपर्छ, ४५ प्रतिशतको जिम्मा अरु सबैले लिनुपर्छ ।”

यस्तै उनले अहिले सरकारको आलोचना गर्ने समय नभई समीक्षा गर्ने समय भएको भन्दै सङ्घीयता कार्यान्वयन भएको सात महीनासम्म सरकारका कामकारवाही, नीति नियम, कार्ययोजनालगायत कुराको समीक्षा हुन जरुरी रहेको बताए ।

उनले करबारेको हल्ला पनि वास्तविक नभएको र स्थानीय तहले जनतालाई समस्या हुने किसिमको कुनै कर बृद्धि नगरेको स्पष्ट पारे । सरकारले ल्याएको बजेट वितरणमुखीभन्दा पनि सङ्कलनमुखी भएको बताउँदै उनले वर्तमान सरकारको समयमा ३१ प्रतिशतले राजश्व वृद्धि भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस