जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षण


३१ आश्विन २०७५, बुधबार


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ भारतको सीमावर्ती क्षेत्र जयनगर पुगेर भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

 निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा नेपाली मन्त्रीहरुको टोली मङ्गलबार भारतको जयनगर पुगेका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रासमेत गरेका छन्।

जयनगर–जनकपुर–कुर्था–बर्दिवास रेल भारत सरकारको सहयोगमा निर्माणाधीन हो। मन्त्री महासेठले भारत सरकारको सहयोगमा निजगढ–काठमाडौं रेलमार्गसँगै हुलाकी राजमार्गलगायतका अनेकौँ योजनामा काम भइरहेको जानकारी दिएका छन्।

महासेठले जयनगर–जनकपुर–कुर्थासम्म डिसेम्बरसम्म निर्माण सम्पन्न भई रेल सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस