‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त


प्रशासन विशेष ब्युरो

३१ आश्विन २०७५, बुधबार


गणेश लामा

काठमाडौं । हातहतियार खरखजना मुद्दामा सजाय भुक्तान गरिरहेका ‘गुन्डा नाइके’ गणेश लामा सोमबार रिहा भएका छन् ।

गत फागुन ३० गते काठमाडौं प्रहरी परिसरको विशेष टोलीले पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेका लामालाई पुर्पक्षको लागि जेल चलान गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको इजलासले पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएसँगै उनी डिल्लीबजार कारागारमा राखिएका थिए ।

सरकारी वकिलको कार्यालयले लामाविरूद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस