प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने


प्रशासन विशेष ब्युरो

३१ आश्विन २०७५, बुधबार


टीका

काठमाडौँ । बडादसैँको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाई दिने प्रचलन रही आएको भए पनि यस पटक प्रधानमन्त्रीले पनि घोषित रूपमा टीका लगाइदिने भएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले बिहान ९ः४५ देखि १० बजेभित्रको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् भने दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।

दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।

अपरान्ह ३ः३० देखि ५ः३० बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिनेछन् । साँझ ६ः०० बजे परिवारका सदस्यहरूलाई टिका लगाउने छन् भने असोज ३ गतेदेखि ६ गतेसम्म बिहान ९ बजेदेखि ११ बजेसम्म कार्यकर्ता र शुभचिन्तकहरूलाई टिका लगाई दिने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस