उपत्यकामा ७५ लाख लिटर इन्धन मौजाद : आयल निगम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा ७५ लाख लिटर इन्धन मौजाद : आयल निगम


३० आश्विन २०७५, मंगलबार


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले उपत्यकामा ७५ लाख लिटर इन्धन मौज्दात रहेको जनाएको छ । निगमसँग डिजेल ४५ लाख लिटर र पेट्रोल ३० लाख लिटर मौज्दात रहेको  छ ।

निगमका अनुसार फूलपातीको दिन साढे १७ लाख इन्धन विक्रि वितरण भएको छ । १२ लाख ५० हजार लिटर पेट्रोल र ५ लाख लिटर डिजेल वितरण भएको हो । दसैंको सातौं दिन पनि यात्रु उपत्यका बाहिरिने क्रम जारी छ । अन्य दिन झैं फूलपातीको दिन पनि हालसम्मकै उच्च दरमा इन्धन वितरण कार्य भएको निगमले जनाएको छ ।

अब केही दिन यो कार्यमा सुस्तता आउने भएकाले मौज्दात रहेको इन्धनले एकसाताका लागि धान्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस