सुपथ मूल्यको पसल एकादशीसम्मका लागि बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुपथ मूल्यको पसल एकादशीसम्मका लागि बन्द


३० आश्विन २०७५, मंगलबार


काठमाडौं । चाडपर्वलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्यको पसल मंगलबारदेखि बन्द भएको छ । पसल फूलपातीदेखि एकादशीसम्मका लागि बन्द भएको हो ।

सुपथ मूल्यका पसल असोज १२ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सञ्चालन गरिएका छन् । कार्तिक २३ सम्म सञ्चालन गर्ने भनिएकोमा बीचमा कर्मचारीहरु दशैँ विदामा घरजाने हुँदा मंगलबारदेखि बन्द गरिएको छ ।

फूलपातीदेखि एकादशीसम्मका लागि सुपथ मूल्यको पसल बन्द रहने साल्ट ट्रेडिङ कर्पोरेशनका वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारीले जानकारी दिएका छन् । उनले दशैंमा कर्मचारीहरुपनि घर जाने भएकाले पसल बन्द रहने जानकारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस