जंगल मासेर राजधानी बनाइँदैछ भन्ने कुरो सरासर गलत हो : लेखराज भट्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जंगल मासेर राजधानी बनाइँदैछ भन्ने कुरो सरासर गलत हो : लेखराज भट्ट


३० आश्विन २०७५, मंगलबार


कैलाली । पूर्वमन्त्री लेखराज भट्टले जंगल मासेर राजधानी बनाइँदैछ भन्ने कुरो सरासर गलत भएको बताएका छन् । उनले सुदूरपश्चिमको राजधानी गोदावरी बनाउने सरकारको निर्णय उपयुक्त रहेको समेत बताए ।

मंगलबार आफ्नै निवासमा दशैं तिहारको अवसरमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टले तेघरी राजधानीको लागि सुदूरपश्चिम प्रदेशको मिड पोइन्ट रहेको बताएका छन् ।

नेता भट्टले धनगढीलाई ब्यबसायिक केन्द्र, अत्तरियालाई प्रशासन केन्द्र र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्रको लागि गुरुयोजना बनाउनु पर्ने समेत स्पष्ट पारेका छन् ।

उनले राजधानीका लागि सिफारिस गरिएको ठाउँका कु काठहरु मात्रै रहेका कारण राजधानीका विषयमा टिकाटिप्पणी नगर्न समेत आग्रह गरे । उनले भने ‘मिडियामा जसरी जंगल मासेर राजधानी बनाइँदैछ भन्ने कुरो आयो त्यो सरासर गलत हो, ।’

नेता भट्टले प्रदेश सरकारको मन्त्रिमण्डल पनि तत्काल हेरफेरको सम्भाबना नरहेको बताए । कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस