यी हुन् लोक सेवा उत्तीर्ण हुने ३६५ जना भाग्यमानी शाखा अधिकृतहरू(नामावलीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यी हुन् लोक सेवा उत्तीर्ण हुने ३६५ जना भाग्यमानी शाखा अधिकृतहरू(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

२९ आश्विन २०७५, सोमबार


लोक सेवा

काठमाडौँ । सरकारी सेवाप्रति युवाहरूको आकर्षण चुलिँदो छ । जागिरमा सुरक्षा, सेवा निवृत्तपछिको निर्वाह भत्ता तथा सामाजिक प्रतिष्ठाकै कारण पनि युवाहरू सरकारी जागिरे बन्न चाहन्छन् ।

सरकारी जागिरे प्रवेशका लागि एक मात्र विश्वासिलो संस्था लोक सेवा आयोगले मागेको पदसंख्या भन्दा ९५ गुण बढी दरखास्त पर्नुले पनि भन्न सकिन्छ कि युवाहरूको लोक सेवाप्रतिको आकर्षण अध्याधिक छ । आयोगले गत वर्ष ५ हजार ९ सय ७० पदका लागि दरखास्त आव्हान गरेको ५ लाख ६७ हजार ८ सय ५३ जनाले आवेदन दिएका थिए ।

गत वर्ष लोक सेवा आयोगले गरेको विज्ञापनको नतिजा आज(सोमबार) सार्वनिक गरेको छ । देशभरिबाट सहभागी लाखौँ युवायुवतीहरूमध्ये विभिन्न पाँच वटा चरणहरू पार गर्दै ३६५ जना नेपाल सरकारको शाखा अधिकृत बन्न सफल भएका छन् ।

सम्बन्धित समाचार : शाखा अधिकृतको नतिजा प्रकाशनः सबैभन्दा बढी स्याङजा २८, सिन्धुपाल्चोक र हुम्लाबाट एक/एक जना

राजपत्रांकित तृतीय श्रेणी, प्रशासन सेवा, सामान्य प्रशासन समूहमा १९१ जना, प्रशासन सेवा, लेखा समूहमा ६३ जना, प्रशासन सेवा राजस्व समूहमा ३५ जना, लेखा परीक्षण सेवामा १० जना, परराष्ट्र सेवामा ५ जना, न्याय सेवामा ८६ जनाको लागि खुला तथा समावेशी समूहमा विज्ञापन भएका पदहरूमध्ये खुलामा २०६, महिलामा ५९, आदिवासीरजनजातिमा ५२, मधेसीमा ३९, दलितमा १८, अपाङ्गमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको लागि विज्ञापन भएकोमा न्याय सेवामा माग पद सङ्ख्या ८६ ९न्याय समूहमा ४८, कानुन समूहमा १० र सरकारी वकिल समूहमा २८० रहेकोमा यस वर्ष ६१ जना उम्मेदवारहरू सिफारिस गरिएको छ । सिफारिस भएका उम्मेदवारहरूमध्ये न्याय समूहमा ३५ जना, कानुन समूहमा ८ जना र सरकारी वकिल समूहमा १८ जना छनौट भएका छन् । न्याय समूहमा १३, कानुन समूहमा २ र सरकारी वकिल समूहमा १० वटा पदमा कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । जसमध्ये महिला तर्फ ११, आदिवासी/जनजाति तर्फमा ९, दलिततर्फ ४ र अपाङ्ग तर्फ १ पदमा उम्मेदवार सिफारिस हुन सकेनन् । न्याय सेवामा सिफारिस भएका उम्मेदवारहरूमध्ये २५ वर्ष सम्मका ११ जना, २५ देखि ३० वर्ष उमेर समूहका २४ जना, ३० देखि ३५ वर्ष उमेर समूहका २२ जना, ३५ देखि ४० वर्ष उमेर समूहका ४ जना रहेका छन् ।

परराष्ट्र सेवातर्फ माग गरिएको सबै पदमा उम्मेदवारहरू सिफारिस भएका छन् । खुला तर्फ ३, आदिवासी/जनजाति तर्फ १ र दलित तर्फ १ गरी जम्मा ५ जना परराष्ट्र सेवामा सिफारिस भएका छन् ।

त्यसै गरी प्रशासन सेवातर्फ माग गरिएका सबै २९९ पदहरूमा उम्मेदवारहरू सिफारिस भएका छन् । सामान्य प्रशासन समूहमा १९१, लेखा समूहमा ६३, राजस्व समूहमा ३५ र लेखा परीक्षण सेवामा १० जना सिफारिस भएकै छन् । ती मध्ये खुलाबाट १६४, महिला ४५, आदिवासी/जनजाति ३७, मधेसी २९, दलित १२, अपाङ्ग ७ र पिछडिएको क्षेत्रमा ५ जना सिफारिस भएका छन् ।

हेर्नुहोस् नामावली

Tags :
प्रतिक्रिया दिनुहोस