जीप दुर्घटना हुँदा एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जीप दुर्घटना हुँदा एकको मृत्यु


२९ आश्विन २०७५, सोमबार


काठमाडौं । जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति दक्षिणकाली नगरपालिकामा बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय बलामी गाउँ नजीक दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा चोभारकी विनादेवी मण्डल रहको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

घाइते भएकी ५२ वर्षीया विनाको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको जनाएको छ ।

जीपमा सवार अन्य घाइते चार जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस