बास्तोलाको निधनप्रति दुःख व्यक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बास्तोलाको निधनप्रति दुःख व्यक्त


२९ आश्विन २०७५, सोमबार


चक्रप्रसाद बास्तोला

काठमाडौं । पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गरेको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उनीप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ ।

अध्यक्ष श्रेष्ठले शोक सन्तप्त परिवारजन, इष्टमित्र, बन्धुवान्धव तथा उनका सहकर्मी राजनीतिक नेता–कार्यकर्ताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस