नारायणहिटीमा प्रधानमन्त्री ओलीद्वारा श्रीपेच अवलोकन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणहिटीमा प्रधानमन्त्री ओलीद्वारा श्रीपेच अवलोकन


२९ आश्विन २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राजाले लगाउने श्रीपेच अवलोकनका लागि नारायणहिटी पुगेका छन् । सोमबार विहान ११ बजे उनी नारायणहिटी पुगेका हुन् ।

राजसंस्था समाप्ती पछि सोकेसभित्र राखिएको श्रीपेच प्रधानमन्त्री ओलीले अवलोकन गरेका छन् ।

कार्तिक २९मा सार्वजनिक प्रदर्शनी ल्याइने राजाले लगाउने श्रीपेच, राजदण्ड, रानीले लगाउने टायरा लगायत सामाग्रीहरु आजै प्रदर्शनी कक्षमा भएको बुलेटप्रुफ सोकेसभित्र राखिने भएको छ । प्रधानमन्त्री ओलीले अवलोकन गरेपछि सार्वजनिक प्रदर्शनीमा ल्याइने जनाइएको छ । आजै राजाले लगाउने श्रीपेच, रानीले लगाउने टायरा लगायतका सामाग्रीहरु बुलेटप्रुफ सोकसभित्र राख्ने कार्यक्रम रहेको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले जेठ २६, २०६५ को राजतन्त्र अन्त्य सँगै याी सामाग्रीहरु सरकारलाई हस्तान्तरण गरेका थिए ।

शैलुन कक्षमा रहेका यी सामाग्री सार्वजनिक अवलोकनका लागि सुर्खेत र रूपन्देही कक्षमा राखिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस