बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैदको मुद्दा दायर गर्न महान्यायाधिवक्ताको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैदको मुद्दा दायर गर्न महान्यायाधिवक्ताको निर्देशन


प्रशासन विशेष ब्युरो

२९ आश्विन २०७५, सोमबार


बलात्कार

धनुषा । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहित जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन्।

जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि धनुषा आएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानअनुरुप जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारबाही गर्नका लागि सर्वस्वसहित जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिए।

महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएकी १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गरेका थिए।

उनले भेटका क्रममा पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारबाही हुने बताए। धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको थियो।

पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। गाउँकै छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन्। रासस

Tags :
प्रतिक्रिया दिनुहोस