दुई महिना कर्मचारी भर्ना नखोल्न लोक सेवालाई सरकारको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई महिना कर्मचारी भर्ना नखोल्न लोक सेवालाई सरकारको आग्रह


प्रशासन विशेष ब्युरो

२८ आश्विन २०७५, आइतबार


लोक सेवा

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न आग्रह गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयको २ महिना पछि खोल्ने प्रस्ताव पछि मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगलाई आउँदो मंसिरअघि विज्ञापन नखोल्न आग्रह गर्ने निर्णय गरेको उच्च स्रोतले बतायो ।

आयोगले विभिन्न पदका लागि हुने परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा नै प्रकाशित गरी सकेकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्धारित समयमा नै रिक्त्त दरबन्दीको विवरण प्राप्त गर्न नसकेपछि आयोगले निर्धारित समयमा विज्ञापन गर्न सक्ने कि नसक्ने भन्नेबारे अन्यौलमा रहेको थियो ।

आइतबार बेलुकी बसेको मन्त्रिपरिषद्बाट नै दुई महिना पछि सार्न गरेको अनुरोधपछि अब दुई महिना धकेलिने भएको छ ।

कार्यतालिका अनुशार सामान्यतयाः असोजको दोस्रो सातासम्म उपसचिव र सहसचिवको रिक्त्त दरबन्दी विवरण आयोगमा प्राप्त भईसक्नु पर्ने र ३१ असोजमा परीक्षाको विज्ञापन गरिसक्नु पर्ने छ तर तेस्रो साता नाघिसक्दा पनि विवरण प्राप्त नभएपछि आइतबार यस्तो निर्णय भएको हो ।

र यो पनि,

लोक सेवा विज्ञापन स्थगितः दुई महिना सार्ने निर्णयलाई आयोगले सिरियसली हेर्ने

Tags :
प्रतिक्रिया दिनुहोस