गजल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गजल


२८ आश्विन २०७५, आइतबार


कठै मेरो बाबाको फाटेको सुरवाल देखेपछि ।
छोड्नु पर्‍यो  घर देशमा अनिकाल देखेपछि ।।

सम्झिएर घरको ऋण पैसा बचाउन खोज्दा,
साहुले साह्रै झपार्‍यो बढेको कपाल देखेपछि ।

बलात्कारी बढ्दै छन्, बढ्दै छन् अपराधीहरू,
कुनै कदम चालिदे सरकार योे चाल देखेपछि ।।

हुँदैछ भ्रष्टाचार खोक्रो हँुदैछ देश भित्रभित्रै,
मन साह्रै नै दुख्छ देशको बेहाल देखेपछि ।।

प्रतिक्रिया दिनुहोस