घुस रकमसहित इन्सपेक्टर पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

घुस रकमसहित इन्सपेक्टर पक्राउ


२८ आश्विन २०७५, आइतबार


घुस

सुर्खेत । सेवाग्राहीसँग घुस माग्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई रंगेहात घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट १५ हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा दुवै जनालाई रंगेहात पक्राउ गरेको जनाइएको छ ।

उनीहरुले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस