तलब नपाउँदा दशैँ मनाउन समस्या « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तलब नपाउँदा दशैँ मनाउन समस्या


२८ आश्विन २०७५, आइतबार


धनगढी । सम्बन्धित निकायले अख्तियारी दिन गरेको ढिलाइका कारण सुदूरपश्चिम प्रदेश सरकार मातहतका कतिपय कार्यालयका कर्मचारीले दशैँका मुखमा तलव सहित अन्य पारिश्रमिक पाउन सकेका छैनन् । प्रदेश सरकार मतहतका वन डिभिजन कार्यालय, सीप विकास तालीम केन्द्रलगायत १२ कार्यालयका कर्मचारीले दशैँको मुखमा तलब नपाएपछि दशैँ मनाउन चाहिने खर्चको जोहो गर्न ऋण मागेर काम चलाउनु परेको एक कर्मचारीले बताएका छन् ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी केशव पराजुलीले साउनमा आएर प्रदेश सरकार मातहत यी कार्यालय आएकाले अख्तियारी आउनमा भएको ढिलाइका कारण १२ वटा कार्यालयका कर्मचारीलाई तलब समयमै खुवाउन नसकिएको बताए । ‘कार्यालयका कर्मचारीलाई तलब खुवाउनका लागि ‘रेडबुक’मा बजेट समावेश नगरिए पनि तलब खुवाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले प्रदेशको आर्थिक मामिला मन्त्रालयमा निकास पठाइसकेपछि र आर्थिक मामिलाले प्रदेशको कोष तथा लेखा नियन्त्रण कार्यालयमा अख्तियारी दिएपछि कर्मचारीले तलब पाउने सूचना अधिकारी पराजुलीले बताए । प्रदेश सरकार मातहत आएका कार्यालयका कर्मचारीले वडा दशैँ र तिहारमा तलब नपाउँदा समस्या भएको कर्मचारी युनियनका जिल्ला अध्यक्ष खेमराज जोशीको गुनासो थियो । रासस

प्रतिक्रिया दिनुहोस