कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था चिन्ताजनक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था चिन्ताजनक


प्रशासन विशेष ब्युरो

२७ आश्विन २०७५, शनिबार


चक्रप्रसाद बास्तोला

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था चिन्ताजनक रहेको छ ।

उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । न्यूरो अस्पतालले क्लिनिकल्ली डेथ भनेसँगै नेता बाँस्तोलालाई ४ बजे डिस्चार्ज गरेको थियो ।

विक्रम संवत् २०६९ पुस १४ गते मोरङमा कुलपूजामा भाग लिँदैगर्दा मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएका ७४ वर्षीय नेता बाँस्तोला त्यसयता अचेत अवस्थामा रहेका थिए ।

बीपीका प्रायः सबै राजनीतिक पुस्तकमा पटक–पटक नाम लिइएका बास्तोला नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । भारतका लागि नेपाली राजदूतसमेत बनेका बास्तोला दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए ।

कांग्रेस नेता बास्तोलाको अवस्थाबारे यसअघि प्रकाशित समाचारका लागि क्षमाप्रार्थी छौं ।

प्रतिक्रिया दिनुहोस