क्रिकेट टोली स्वदेश फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्रिकेट टोली स्वदेश फिर्ता


प्रशासन विशेष ब्युरो

२७ आश्विन २०७५, शनिबार


क्रिकेट

काठमाडौँ । आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को उपाधि जितेको नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ ।

मलेसियामा भएको प्रतियोगितामा सिंगापुरसँगको अन्तिम खेल वर्षाले रद्द भएपछि विश्व ट्वान्टीको पहिलो चरण पार गरेको नेपालले दोस्रो चरणको एसिया कप छनोटमा नेपाल, सिंगापुर र मलेसियासँगै यूएई, कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पहिलो चाहना टी–२० विश्वकप खेल्नु रहेको र पहिलो खुड्किलो पार गरेको बताएका छन् । उनले बाँकी दुई खुड्किलो पनि पार गर्नेछौं बताए ।

प्रतिक्रिया दिनुहोस