त्यो दसैं « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्यो दसैं


प्रशासन विशेष ब्युरो

२७ आश्विन २०७५, शनिबार


दसैं

नौरथाको शंख ध्वनि गोकुल धूपको सुगन्ध
मालाश्रीको धुनमा नाच्थ्यो छमछम दसैं

चंगासँगै कावा खान्थ्यो छातिभरि खुसी
तल्लो खेतमा पिङ झुल्थ्यो चहचह दसैं

फुल्थ्यो तोरी आँखाभरि सुन छरेसरि
खेतैभरि धानको बाला लहलह दसैं

लंगुर बुर्जा च्याँखे दाऊ दक्षीणा जितौरी
खल्तीभरि सुकी मोहर छनछनी दसैं

कुट्थिन् चिउरा ओखलमा कठै मेरी आमा
आँगनीमा घोर्ले खसी म्याँम्याँ दसैं

नयाँ नाना, साथी संगी डुल्थ्यो मठ मन्दिर
काक्रो अचार मासु चिउरा मगमग दसैं

टीका आशिष इस्टमित्र स्नेहको नाता
न्यानो घाम र शीतल जून टहटह दसैं ।।

प्रतिक्रिया दिनुहोस