बामदेवले चुनाव नलड्ने भनेपछि कुरा सकियो : प्रचण्ड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बामदेवले चुनाव नलड्ने भनेपछि कुरा सकियो : प्रचण्ड


२६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा दिएर गौतमलाई उम्मेदवार बनाउने तयारी भएको थियो । चौतर्फि आलोचना हुनथाले पछि नेकपाले सो निर्णय गरेको हो ।

शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले त्यसको पुष्टि गरे । विकास निर्माण छाडेर यो लफडामा नलाग्ने भन्दै उनले भने, ‘स्वयंम वामदेवले म लड्दिनँ भनेपछि कुरा सिद्धियो ।’

प्रचण्डले भने, ‘सरकारले गति बढाउने क्रममा रहेको छ । पार्टी एकता र कम्युनिष्टको सरकार अवसरसँगै ठूलो चुनौती पनि छ । अहिले ‘विकासलाई गति दिनुबाहेक नेकपासँग कुनै विकल्प छैन ।’

उनले विकासको आधार सरकारले तयार गरेको दाबी गरे। वर्तमान सरकारले भारतसँग महत्वपूर्ण समझदारी गरेको उल्लेख गर्दै उनले चीनसँगको पारवहन सम्झौताले नेपालको परिभाषा बदलिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस